२०८१ साउन १२ गते | 27th of July 2024

भारतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोना खोप

भारतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोना खोप
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते १०:४०

विश्वको दोस्रो ठूलो जनसंख्या भारतले आफ्नो ७५ प्रतिशत वयस्क जनसंख्या (१८ वर्षमाथि) लाई खोप लगाएको छ ।
भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा.मनसुख मण्डावियाले आइतबार ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् ।
‘सबको साथ सबैको प्रयासको मन्त्रका साथ भारतले आफ्नो ७५ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनको दुवै खुराक लगाउने लक्ष्य प्राप्त गरेको छ ।’ उनले लेखेका छन् ।
‘कोरोनासँगको लड़ाईमा हामी निरन्तर बलियो बन्दै गइरहेका छौ । हामीले सबै नियमहरूको पालन गर्नुपर्छ र चाँडै भ्याक्सिन लगाउनु पर्नेछ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights