२०८१ साउन १२ गते | 27th of July 2024

दूधको मूल्य प्रति लिटर साढे ६ रुपैयाँ भन्दा बढीले वृद्धि

दूधको मूल्य प्रति लिटर साढे ६ रुपैयाँ भन्दा बढीले वृद्धि
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:१७

सरकारले दूधको मुल्य प्रतिलिटर ७ रुपैयाँ १४ पैसा बढाएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैया ४ पैसा कायम गरेको हो ।
यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसाँ थियो । लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात् ६ रुपैयाँ ५२ पैसाले मूल्य बढाइएको हो ।
उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । दूधको मूल्य फ्याट र एस।एन।एफ।को आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ ।
एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई पालक किसानले प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights