२०८१ साउन १२ गते | 27th of July 2024

साविक विजेता पीएसजी फ्रेन्च कपबाट बाहिरियो

साविक विजेता पीएसजी फ्रेन्च कपबाट बाहिरियो
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:२२

साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित हुँदै पीएसजी बाहिरिएको हो ।
पीएसजीको मैदानमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पीएसजी चुक्यो ।
पेनाल्टीमा पीएसजीका लियोनल मेस्सी, केलियन एमबाप्पे, जुलियन डाज्लर, मार्को भेराट्टी र जुवान बेर्नाटले गोल गरे । तर, लिंड्रो पारेडेस र जाभी सिमोन्सले गोल गर्न सकेनन् ।
निसका मोर्गन, जिन क्लेयर,युसेफ अटल,एमिनी गोउइरी, इभान्स र डान्टेले गोल गरे । एन्डी डेलोर्टले गोल गर्न सकेनन् ।
अब निसले क्वाटरफाइनलमा मार्सेलीको सामना गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights