२०८१ साउन १२ गते | 27th of July 2024

बंगलादेशमा दुई प्रहरीलाई मृत्युदण्ड

बंगलादेशमा दुई प्रहरीलाई मृत्युदण्ड
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:३३

बंगलादेशका सेनाका सेवानिबृत्त अधिकारी (मेजर) को हत्यामा संलग्न भएको आरोपमा दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बंगलादेशको जिल्ला अदालतले आरोपित दुई प्रहरी अधिकारी प्रदिप कुमार दास र लियकात अलिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
सेनाका पूर्वमेजर सिन्हा मोहम्मद रशिदको दक्षिणपूर्वी बंगलादेशको कक्स बजारनजिकै सन् २०२० जुलाई ३१ मा हत्या भएको थियो । नेचर डकुमेन्ट्री बनाइरहेका सेवानिबृत्त रशिदमाथि दास र अन्य प्रहरी जवानले अन्धाधुन्ध गोली हानी हत्या गरेको आरोप लागेको थियो ।
आरोपित प्रहरी अधिकारी दास र अलिलाई त्यहाँको जिल्ला अदालतले दोषी ठहर गर्दै दुवैलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो । राष्ट्रको सुरक्षा बलद्वारा देशको सुरक्षामा खटिएका व्यक्तिको गैरन्यायिक तरिकाले हत्या भएको भन्दै अदालतले सो सजाय सुनाउने निर्णय गरेको बताइएको छ ।
अन्य ६ आरोपितलाई भने आजीवन काराबासको सजाय सुनाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights