२०८१ साउन १२ गते | 27th of July 2024

दक्षिण कोरिया विश्वकपमा छनोट

दक्षिण कोरिया विश्वकपमा छनोट
Sanchar_np प्रकाशित: २०७८ माघ १९ गते ५:२९

दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार सिरियालाई २–० गोल अन्तरले हराउँदै दक्षिण कोरियाले विश्वकपको टिकट काटेको हो ।
दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए ।


त्यसपछि खेलको ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई २–० को जित दिलाए ।
यस जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ । तेस्रो चरणको छनोटको समूह ए मा रहेको दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ ।
दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights