२०८१ साउन १२ गते | 27th of July 2024

३९ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?

३९ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?
Sanchar_np प्रकाशित: २०७८ फागुन ८ गते १०:२५

साताको पहिलो दिन आज सेयर बजार घटेको छ। आइतबार सेयर बजारको परिसूचक ३९.४० अंकले घटेर २,६९३.१० पुगेको हो ।
दिनभरमा जम्मा २३० कम्पनीको ७१ लाख २२ हजार २९९ सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ ३२ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १७१ कम्पनीको मूल्य घटेको छ भने १७ कम्पनीको मूल्य बढेको छ। बाँकी ३ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये अन्य उपसमूहको मात्रै सूचक सकारात्मक देखिएको छ। बाँकी १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ। अन्यको पनि जम्मा ०.४२ प्रतिशतले मात्रै सेयर बढेको हो।
आइतबार युनाइटेड आइडिबी मार्दी आरबी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ। तेह्रथुम पावर कम्पनीको सेयर भने ८.६४ प्रतिशत र सामलिङ पावर कम्पनीको सेयर ६.५५ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर ५ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ५८ करोड २ लाख २३ हजार ४५० रुपैयाँको कारोबार भएको हो।
यसपछि, एनटिसीको १९ करोड २ लाख ९६ हजार १५० रुपैयाँ ८० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १७ करोड १२ लाख ६७ हजार ९०१ रुपैयाँ ६० पैसा, अपि पावरको १६ करोड ५९ लाख २२ हजार ८३५ रुपैयाँ ५० पैसा र हिमालयन डिस्टिलरी लिमिटेडको १५ करोड ३८ लाख ७९ हजार ८४९ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights