२०८१ साउन १२ गते | 27th of July 2024

गाई चुनाव चिह्नमा राप्रपा नेपालको दावी

गाई चुनाव चिह्नमा राप्रपा नेपालको दावी
Sanchar_np प्रकाशित: २०७८ फागुन ८ गते १२:३५

कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्नमा दावी गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिह्न गाईका लागि दावी गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले यसअघि नै नेपालको राष्ट्रिय चिह्न भएकाले गाई चुनाव चिह्न कसैलाई नदिने जनाइसकेको छ ।
यसअघि राप्रपालाई पनि आफ्नो झाण्डाबाट गाई हटाउन आयोगले निर्देशन दिएको थियो ।
यसअघि पनि राप्रपा नेपालको चुनाव चिह्न गाई नै थियो । तर पार्टी एकतापछि अहिले राप्रपासँग सो चुनाव चिह्न रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights