२०८१ साउन १२ गते | 27th of July 2024

जापानको होक्काइडोमा हावाहुरी र भारी हिमपात, ६८३ रेल र १३६ उडान रद्द

जापानको होक्काइडोमा हावाहुरी र भारी हिमपात, ६८३ रेल र १३६ उडान रद्द
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते ९:३२

जापानमा तीव्र हावाहुरी र भारी हिमपातका कारण रेल तथा हवाइ सेवा अवरुद्ध भएको छ । जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार सोमवार होक्काइडोमा हावाहुरी र भारी हिमपातका कारण ६८३ रेल तथा १३६ उडान रद्द गरिएको छ ।

न्यू चिटोज एयरपोर्टमा अवतरण गर्ने र उडान भर्ने तयारीमा रहेका तथा स्थानीय उडान पनि रद्द भएको एनएचकेले उल्लेख गरेको छ।
न्यून चापिय क्षेत्रमा कम–तापमानका कारण देशको उत्तरी भागमा चर्को हावासँगै भारी हिमपात भएको मौसम विभागले जनाएको छ। होक्काइडोमा सोमवार बिहान १३८ फिट प्रति सेकेन्डको हावाको गति मापन गरिएको थियो।

तीन घण्टामा सो क्षेत्रमा ९ इन्चसम्म हिउँ परेको थियो। सो टापुको राजधानी सापोरो शहरलगायत धेरै क्षेत्रमा ३८ इन्च सम्म हिमपात भएको थियो।
त्यहाँका सञ्चार माध्यमहरुका अनुसार अबको २४ घण्टामा जापानका उत्तरी र उत्तर–पूर्वी क्षेत्रमा १९ देखि २७ इन्चसम्मको हिमपान हुन सक्ने बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights