२०८१ असार ३१ गते | 15th of July 2024

युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम लज्जास्पद : अमेरिका

युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम लज्जास्पद : अमेरिका
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ५:५९

अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई लज्जास्पद भनेको छ ।
युक्रेनी समकक्षीसँग मंगलबार बिहान टेलिफोन कुराकानीपछि ट्वीट गर्दै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूसमर्थित पृथकतावादीहरूले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम अपेक्षित र लज्जास्पद रहेको बताएका हुन्।

रूसको उक्त कदमको भत्सर्ना गर्दै विदेश मन्त्री ब्लिन्केनले अमेरिका युक्रेनको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले यही कुरा युक्रेनी समकक्षीलाई पनि बताएको जानकारी दिएका छन्।

यसअघि युक्रेनका विषयमा छलफल गर्न बसेको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा पनि अमेरिकी प्रतिनिधिले युक्रेनमा रूसी सेना शान्ति सैनिकका रूपमा पठाउने पुटिनको निर्देशन वाइयात भएको बताएका थिए।

पुटिनले सोमबार रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ रूसी सैनिक पठाउन आदेश दिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights