२०८१ साउन १२ गते | 27th of July 2024

महाशिवरात्रिमा सवा करोड खर्च अनुमान, १० लाख भक्तजनको व्यवस्थापन गर्न तयारी सुरू

महाशिवरात्रिमा सवा करोड खर्च अनुमान, १० लाख भक्तजनको व्यवस्थापन गर्न तयारी सुरू
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ७:३९

यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा सवा करोड खर्च हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रिको तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतबाट आउने साधुहरुको दानदक्षिणा, मन्दिर सजावट लगायतमा सवा करोड खर्च हुने अनुमानित बजेटसहितको विवरण सार्वजनिक गरिएको हो ।

दर्शनका लागि आउने भक्तजन र मेला भर्न आउनेको संख्या १० लाख पुग्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए । उनले भने,‘दाता परिचलान गरी मन्दिर परिसरमा फूल तथा मालाले सजाउने र डिजिटल बत्तीको व्यवस्था गरेको छ ।’

खाना–आवासको व्यवस्था गरी मन्दिरमा आउने साधुको उच्च सम्मानमा सचेत रहेको उनले बताए । भारतबाट आउने साधुहरूको रक्षा गर्दै मेला भर्न आउने दर्शनार्थीको सुरक्षाको लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । गाँजालगायतका लागुपदार्थलाई विशेष कडाइ गरिने उनले बताए । विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ ।

महाशिवरात्रिको समग्र व्यवस्थापनलाई ध्यान दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष प्रेम आलेको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

उक्त समितिको संयोजकत्वमा विभिन्न १० उपसमिति गठन गरिएको छ । उपसमितिमा सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्थालगायतका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights