२०८१ साउन १२ गते | 27th of July 2024

सुजुकी सेलेरियो सार्वजनिक, सुरुवाती मूल्य २७ लाख ९९ हजार

सुजुकी सेलेरियो सार्वजनिक, सुरुवाती मूल्य २७ लाख ९९ हजार
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ७:४२

सुजुकी सेलेरियो सार्वजनिक भएको छ । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन र सीजी मोटोकर्पले सुजुकी सेलेरियो सार्वजनिक गरेको हो ।
राम्रो माइलेज दिने सेलेरियोको पेट्रोलेयम पदार्थको मूल्यवृद्धि हुँदा पनि खर्च कम हुने कम्पनीको दाबी छ ।
नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन र फर्स्ट–इन–सेगमेन्ट सुरक्षा लगायतका विशेषताहरु रहेको कम्पनीले बताएको छ ।
कम्पनीका सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्त भने, ‘सेलेरियो नेपाली बजारमा रुचाइएको सवारी हो । राम्रो माइलेज दिने, सुरक्षा र धेरै फिचर रहेको छ । नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ ।’
सो गाडीमा माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरु छन् ।
सेलेरियो भीएक्सआई २७ लाख ९९ हजार रुपैयाँ, सेलेरियो जेडएक्सआई २९ लाख ९९ हजार रुपैयाँ र सेलेरियो जेडएक्सआई प्लस ३१ लख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights