२०८१ साउन १२ गते | 27th of July 2024

प्रतिनिधिसभाको कार्यसूची : भोलि एमसीसीमाथि छलफल

प्रतिनिधिसभाको कार्यसूची : भोलि एमसीसीमाथि छलफल
Sanchar_np प्रकाशित: २०७८ फागुन ११ गते १०:२२

प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

बुधबार संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दै छ । त्यसअघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights