२०८१ साउन १२ गते | 27th of July 2024

एमसिसीको विरोधमा विद्यार्थीहरूले गरे अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

एमसिसीको विरोधमा विद्यार्थीहरूले गरे अमेरिकी राष्ट्रपतिको पुत्ला दहन
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ६:३१

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसिसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको पुतला दहन गरेका छन् ।

प्रदर्शनकारीहरूले मुख्य सडक अवरुद्ध पार्दै एमसिसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरू सयौंका संख्यामा छन् । उनीहरूले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन् ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि राष्ट्रपति बाइडेनको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध ६ राजनीतिक दलहरूले गरेको नेपाल बन्दको असर गाईघाट बजार पूर्ण रूपमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights