२०८१ साउन १२ गते | 27th of July 2024

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूतमा नियुक्त

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूतमा नियुक्त
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते १०:४४

हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरिएकोे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री प्रेमबहादुर आलेले नियुक्त गरेका हुन् ।

नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै पुर्जालाई कार्यक्रममा सम्मान गरिएको हो ।
मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण भएको बताए । उनले पुर्जाको साहसको सम्मान गर्दै आगामी दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्नेगरी अगाडी बढ्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस भएकोे बताए । आगामी दिनमा पनि देशलाई विश्वमाझ चिनाउनका लागि आफुले योगदान गर्न चाहेको उनले भने ।

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरु आरोहण गरी विश्व किर्तिमान कायम राखेका छन् । उनले निर्माण गरेको ‘१४ पिक्स नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights