२०८१ साउन १२ गते | 27th of July 2024

बानेश्वरबाट १२ जना प्रदर्शनकारी पक्राउ

बानेश्वरबाट १२ जना प्रदर्शनकारी पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ११:१०

मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले बताए ।

पक्राउ गरिएका आन्दोलनकारीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र गौशालामा राखिएको छ । बिहीबार एमसीसीबारे संसदमा छलफल गर्ने भनिएपनि संसद बैठक स्थगित भएको छ । एमसिसीविरुद्ध प्रदर्शन गर्नेहरु र प्रहरीबीच दिनभर पटक–पटक झडप भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights