२०८१ साउन १२ गते | 27th of July 2024

गगन भन्छन्– एमालेका मागमा प्रधानमन्त्री लचिलो, अब गठबन्धन अघि जान नसक्ने भयो

गगन भन्छन्– एमालेका मागमा प्रधानमन्त्री लचिलो, अब गठबन्धन अघि जान नसक्ने भयो
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ११:१६

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सन्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

आजै साँझ साढे ७ बजेट प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उनले बताए । थापाका अनुसार एमसीसी अनुमोदन गर्ने विषय अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनीयतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको प्रधानमन्त्रीले बताएका छन् ।

थापाले भने–सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नु पर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानम्न्त्रीले । आजै साँझ उहाँहरु दुईजनाको वार्ता हुन्छ । अब सरकार रहने कि नरहने,अंकगणित के हुने भन्दा पनि हाम्रो अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा भइसक्यो भन्ने उहाँको धारणा हो ।

थापाले अब अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था नरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights