२०८१ साउन १२ गते | 27th of July 2024

ए डिभिजन लिग : सुनिल सर्वोत्कृष्ट खेलाडी

ए डिभिजन लिग : सुनिल सर्वोत्कृष्ट खेलाडी
PHOTO : ANFA
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ६:१८

मछिन्द्र फुटबल क्लबका सुनिल बल कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगमा सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

सर्वोत्कृष्ट बनेका उनले नगद ३ लाख प्राप्त गरे ।

फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए । ७ गोल गरेका उनले गोल्डेन बल र नगद २ लाख प्राप्त गरे ।

यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उनले गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए ।

आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित भए । उनले १ लाख ५० हजार प्राप्त गरे ।

फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथ क्लबले जितेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights