२०८१ साउन १२ गते | 27th of July 2024

काठमाडौं–बनारस सिधा उडान १८ चैतदेखि

काठमाडौं–बनारस सिधा उडान १८ चैतदेखि
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ७:०३

काठमाडौं–बनारस रुटमा पुनः सिधा उडान हुने भएको छ । यो रुटमा बुद्ध एयरले नियमित उडान गरिरहेको थियो । कोरोना भाइरसको महामारीपछि रोकिएको यो रुटको उडान १ अप्रिल (१८ चैत)देखि पुनः सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले कुन–कुन बार कति उडान गर्ने भन्ने विवरण भने सार्वजनिक गरेको छैन । दुई धार्मिक गन्तव्य (काठमाडौंदेखि भारतको बनारस)लाई जोड्ने गरी कम्पनीले यो रुटमा उडान गरिरहेको थियो । यस रुटमा नेपाली तथा भारतीय दुवै मुलुकका तीर्थयात्रुले यात्रा गर्छन् ।

विगतमा बनारसका नागरिकलाई पशुपतिनाथ र नेपालका यात्रुलाई बनारसका विभिन्न गन्तब्यमा घुमाउन बुद्ध होलिडेजले प्याकेज समेत बिक्रि गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights