२०८१ साउन १२ गते | 27th of July 2024

एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग

एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते १०:००

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्यनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरेका छन् । उनले शर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि चाहिँदैन ।

एमसीसीमाथि सदनमा सामान्य छलफल भएपछि आइतबार आफ्ना धारणा राख्दै खनालले एमसीसी सम्बन्धी सबै सम्झौता र पत्राचार गनुपर्नेमा जोड दिए।

‘सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्,’ खनालले भने, ‘ती दस्तावेज यो संसदमा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुनुसक्दछ ? हामीले ती सबै सम्झौता अध्यन र छलफल गर्न पाउनुपर्छ । अनि मात्रै यो सभाले निर्णय गर्नुपर्छ ।’

खनालले सबै सम्झौता र पत्राचार संसदमा अबिलम्ब बाँड्न माग गरे । उनले भने, ‘एसमीसी सम्बन्धी सबै सम्झौता यो सदनमा अवलम्बन वितरण गरियोस् । सबै पत्राचार पनि सदनमा आउनुपर्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights