२०८१ साउन १२ गते | 27th of July 2024

रुसी विमानका लागि फिनल्याण्ड र आयरल्याण्डको हवाई क्षेत्र पनि बन्द

रुसी विमानका लागि फिनल्याण्ड र आयरल्याण्डको हवाई क्षेत्र पनि बन्द
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते १०:२३

फिनल्याण्ड र आयरल्याण्डले पनि रुसी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। फिनल्याण्ड र रूसबीच १,३०० किलोमिटर (८०० माइल) सीमा जोडिएको छ। यसबाट रूसबाट पश्चिमतर्फ जाने मुख्य हवाई मार्ग बन्द हुनेछ।

बुल्गेरिया, चेक रिपब्लिक, इस्टोनिया, जर्मनी, पोल्याण्ड र बेलायतजस्ता अन्य देशहरूले पहिले नै यस्ता निर्णय गरिसकेका छन्।

यसअघि युक्रेनी सेनाले आइतबार निर्देशिका जारी गर्दै सम्भव भएसम्म उपलब्ध साधनबाट विस्फोटक सामग्री बनाउन सर्वसाधारणसँग अपिल गरेको छ। सडकमा रहेका संकेतहरु हटाउन, आवतजावत असहज हुने गरी बाटोमा रुख ढाल्न तथा घरेलु रुपमा बनाउन सकिने विस्फोटक सामग्री रुसविरुद्धको युद्धका लागि तयार पार्न आग्रह गरेको हो।

रुसले गत बिहीबारदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights