२०८१ साउन १२ गते | 27th of July 2024

बाइडेनले पुटिनलाई चेतावनी दिँदै भने, ‘तानाशाहले मूल्य चुकाउँछ’

बाइडेनले पुटिनलाई चेतावनी दिँदै भने, ‘तानाशाहले मूल्य चुकाउँछ’
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ६:०२

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदलाई सम्बोधन गर्दै अमेरिका र नेटाले युक्रेनसँग पश्चिमको ऐक्यबद्धता देखाएको बताएका छन् । उनले भने, ‘इतिहासले देखाउँछ कि तानाशाहले आफ्नो हमलाको मूल्य नचुकाएसम्म उसले थप अराजकता पैदा गर्छ ।’

‘हामी स्थिति नियन्त्रणमा आएको देख्नेछौँ । जब इतिहास लेखिन्छ, युक्रेनविरुद्ध पुटिनको युद्धले रुसलाई अझ कमजोर बनाउनेछ र संसारलाई थप बलियो बनाउनेछ ।’

उनले भने, ‘६ दिन अघि रसका भ्लादिमिर पुटिनले स्वतन्त्र संसारको जग हल्लाउन चाहन्थे । उनले सोचे कि उनले आफ्नो खतरनाक तरिकाले यसलाई झुकाउन सक्छन् । तर उनले यसको गलत आँकलन गरे ।’

बाइडेनले आफ्ना युक्रेनी समकक्षी वोलोदिमिर जेलेन्स्की र युक्रेनी नागरिकको तारिफ गरे । उनले उनलाई निडर, बहादुर बताउँदै उनीहरुले संसारलाई नै प्रेरित गरिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights