२०८१ साउन १२ गते | 27th of July 2024

युक्रेनमा अर्का एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा अर्का एक भारतीय विद्यार्थीको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ११:४४

रुस युक्रेन युद्धबीच बुधबार अर्का एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । खारकिएभमा भएको बमबारीमा ती विद्यार्थीको मृत्यु भएको भारतीय समाचार एजेन्सी आजतकले बताएको छ । मृतक विद्यार्थी भारतको पञ्जाबका बासिन्दा थिए ।

रुसी सेनाले युक्रेनमाथि विध्वंश मच्चाइरहेको छ । युद्धको सातौँ दिन रुसका सैनिकले विभिन्न इलाकामा हमला गरिरहेका छन् । स्मरण रहोस्, मंगलबार भएको हमला पनि एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो ।

यो खबर विदेश मन्त्रालयका प्रवक्ता अरन्दिम बागचीले दिएका हुन् । मंगलबार रुसी हमलामा मारिएका भारतीय विद्यार्थीको नाम नविन थियो । उनी कर्नाटकका बासिन्दा थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights