२०८१ साउन १२ गते | 27th of July 2024

विष्णु विराटनगर सिटीका मुख्य प्रशिक्षक, रंजित मार्की खेलाडी

विष्णु विराटनगर सिटीका मुख्य प्रशिक्षक, रंजित मार्की खेलाडी
Sanchar_np प्रकाशित: २०७८ फागुन १९ गते ६:२८

नेपाल सुपर लिग (एनएसएल) टिम विराटनगर सिटी एफसीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । विराटनगरले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै नयाँ सिजनको लागि विष्णुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

विष्णुले ए डिभिजन लिगमा संकटा क्लब हेरेका थिए । विराटनगरले मार्की खेलाडीमा रंजित धिमाललाई निरन्तरता दिएको छ ।

रंजित पहिलो सिजनमा समेत मार्की खेलाडी रहेका थिए । उनले कप्तानी समेत गरेका थिए । त्यस्तै विराटनगरले विदेशी खेलाडीको रुपमा उल्रिच सिवेलाई अनुबन्ध गरिएको जनाएको छ ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights