२०८१ साउन १२ गते | 27th of July 2024

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद
Sanchar_np प्रकाशित: २०७८ फागुन १९ गते १०:१९

कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका– १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा छाडिएको नम्बर नखुलेको अन टेष्ट अटो रिक्सामा रहेको चिनी र भुजा बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । ती सामान सशस्त्र प्रहरी बलले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights