२०८१ साउन १२ गते | 27th of July 2024

माओवादी बैठकका ६ एजेण्डा

माओवादी बैठकका ६ एजेण्डा
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ८:४४

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबारबाट सुरु भएको‍ बैठकमा ६ वटा एजेन्डामाथि छलफल हुने भएको छ । बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिेङ गर्ने छन् । यस्तै उनले संसद्बाट अनुमोदन भएको एमसीसीबारे पनि पार्टीको धारणा राख्नेछन् ।

यस्तै बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।

यी हुन् बैठकका एजेन्डा :

१) श्रद्धान्जली
२) रिर्पोटिङ
क) अध्यक्षबाट रिर्पोटिङ
ख) एमसीसीबारे

३) संगठन
क) केन्द्रीय सदस्य थप
ख) पोलिट ब्युरो
ग) स्थायी कमिटी, पदाधिकारी

४) कार्यविभाजनबारे
५) स्थानीय निर्वाचनबारे
६) विविध

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights