२०८१ साउन १२ गते | 27th of July 2024

तीन लाख ८५ हजारसहित इमाडोलबाट २४ जुवाडे पक्राउ

तीन लाख ८५ हजारसहित इमाडोलबाट २४ जुवाडे पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ४:५१

प्रहरीले तीन लाख ८५ हजार तीन सय ३० रूपैयाँसहित जुवातास खेल्नेहरूलाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी नगदसहित जुवातास खेल्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एकबहादुर रानाको टहराभित्र जुवातास खेलेको सूचनापछि प्रहरी पुगेको थियो। गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेजबहादुर थापासहित २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights