२०८१ साउन १२ गते | 27th of July 2024

रियलको पुनरागमन जित

रियलको पुनरागमन जित
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ५:१२

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराएको हो ।

रियलको मैदानमा सुरुआती अग्रता भने सोसिडाडले बनाएको थियो ।

खेलको दशौँ मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीबाट गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।

तर, ४० औं मिनेटमा एडुवार्डो कामाभिन्गाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४३ औं मिनेटमा लुका मोड्रिचले गोल गरेपछि रियल २-१ ले अघि रह्यो ।

करिम बेन्जिमाले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।

यस जितसँगै रियलले २७ खेलमा ६३ अंक जोडेको छ । रियलले आठ अंकको अग्रता बनाएको छ ।

रियल शीर्ष स्थानमा रहेको छ । सोसिडाड २७ खेलमा ४४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights