२०८१ साउन १२ गते | 27th of July 2024

ला लिगा : एट्लेटिकोले बेटिसलाई हरायो

ला लिगा : एट्लेटिकोले बेटिसलाई हरायो
Sanchar_np प्रकाशित: २०७८ फागुन २३ गते ६:०९

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई हराएको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले बेटिसलाई ३–१ गोल अन्तरले हराएको हो ।

खेलको दोस्रो मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै बेटिसलाई १–१ गोलको बराबरीमा ल्याए ।

फेलिक्सले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई ३–१ को जित दिलाए । जितसँगै एट्लेटिकोले २७ खेलमा ४८ अंक जोडेको छ ।

एट्लेटिको चौंथो स्थानमा रहेको छ । बेटिस ४६ अंक जोडेर पाँचौं स्थानमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights