२०८१ साउन १२ गते | 27th of July 2024

यी शर्त युक्रेनले मानेमा रुसले तत्काल रोक्नेछ युद्ध

यी शर्त युक्रेनले मानेमा रुसले तत्काल रोक्नेछ युद्ध
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ९:३१

रुसले युद्ध रोक्नका लागि युक्रेनका अगाडि चारवटा शर्त राखेको छ ।

पहिलो, युक्रेनले तत्कालै सैन्य कारवाही रोक्नुपर्छ ।

दोस्रो, युक्रेनले संविधन संशोधन गरेर आफूलाई कुनै पनि गठबन्धनमा रहन दिनुहुँदैन । यहाँ गठबन्धन भनेर नेटोलाई इंगित गरिएको हो ।

तेस्रो, क्राइमियालाई रुसको भूभागका रूपमा युक्रेनले मान्यता दिनुपर्छ ।

चौथो, डोनबास क्षेत्रमा रहेका दुई क्षेत्र डोनेत्स्क र लुहान्स्कलाई छुट्टै राज्यको मान्यता युक्रेनले दिनुपर्छ ।

यी शर्तहरू युक्रेनले मानेमा युद्ध तत्कालै रोकिने रुसको भनाइ छ । तर यी शर्तहरू मानेपछि युक्रेन सार्वभौमसत्तासम्पन्न मुलुक नभई रुसको स्याटेलाइट जस्तो मात्र हुने भएकाले युक्रेनले अस्वीकार गरिरहेको छ ।

शर्त नमान्दा रुसले सैन्य कारवाही बढाइरहनेछ । रुस जुन गतिमा अघि बढिरहेको छ त्यसलाई हेर्दा उसले आधा युक्रेनमा नियन्त्रण कायम गरेर युक्रेनलाई भूपरिवेष्ठित राज्यमा सीमित गर्ने सम्भावना बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights