२०८१ साउन १२ गते | 27th of July 2024

खप्तड गोल्डकप : फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै

खप्तड गोल्डकप : फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै
Sanchar_np प्रकाशित: २०७८ फागुन २५ गते ६:०३

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्ने छन् । मनाङ र शेर्पाबीचको खेल ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

मनाङ भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा सुदुरपश्चिम–११ लाई २–१ गोल अन्तरले हराएको थियो ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights