२०८१ साउन १२ गते | 27th of July 2024

जलेर १४ वर्षीय बालकको मृत्यु

Sanchar_np प्रकाशित: २०७८ फागुन २५ गते ८:०६

आगलागीबाट बर्दियामा १४ वर्षीय बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ९ खैरेनी निवासी १४ वर्षीय दिनेश चौधरीको  आगलागीबाट मृत्यु भएको हो । बालक घरभित्रै सुतिरहेको अवस्थामा अचानक आगलागी भएपछि मंगलबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

सवा १० बजे राती जानकारी पाएको प्रहरी चौकी कर्तनियाबाट पुगेको उद्धार टोलीले राती पौने ११ बजे आगो नियन्त्रणमा लिएको हो । टिनले छाएको दुईकोठे कच्ची घरमा मैनबत्ती बालेर बालक घरमै बसेको र आमा छोरी ढोकामा चुक्कुल लगाएर छिमेकीको घर गएका बेला एक्कासी आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी शाहीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights