२०८१ साउन १२ गते | 27th of July 2024

कोरोना अपडेट : थप २२४ जना संक्रमित, २५१ जना निको

कोरोना अपडेट : थप २२४ जना संक्रमित, २५१ जना निको
Sanchar_np प्रकाशित: २०७८ फागुन २५ गते ११:११

नेपालमा २४ घण्टामा १० हजार ९२ परीक्षण हुँदा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार देशभर ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा २५१ जना निको भएका छन् । सोही अवधिमा ९६ हजार ८९ जनाले खोप लगाएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ रहेको छ ।

मन्त्रालयकी प्रवक्ता डा‌‌ संगीता मिश्राले कोभिड १९ को संक्रमण दर कम हुँदै गए पनि यसविरुद्धको खोप लगाउन धेरै नागरिक बाँकी रहेकाले कुनै पनि बेला संक्रमण बढ्न जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights