२०८१ साउन १२ गते | 27th of July 2024

मिथिला परिक्रमाको लस्कर कञ्चन वन पुग्यो, भंगहामा सार्वजनिक विदा

मिथिला परिक्रमाको लस्कर कञ्चन वन पुग्यो, भंगहामा सार्वजनिक विदा
Sanchar_np प्रकाशित: २०७८ फागुन २६ गते ५:३३

मिथिला माध्यमिकी परिक्रमाको लस्कर आज महोत्तरी भंगहा नगरपालिकामा पर्ने कञ्चन वन पुगेको छ ।
कञ्चन वनमा भगवान राम र सीताले त्रेतायुगमा आपसमा रंग अविर दलेर होली खेलेको मानिन्छ ।

आज परिक्रमामा सहभागी साधुसन्त र श्रद्धालुले आपसमा होली खेल्नेछन् । त्यहाँ रंग अविर आज खेलेपछि मिथिलामा होलीको औपचारिक शुभारम्भ हुनेछ ।

परिक्रमा यात्रीलाई स्वागत गर्न आज भंगहा नगरपालिकाले सार्वजनिक विदा समेत दिएको छ । कञ्चन वनमा होली मिलन समारोह आयोजना गरेको मेयर सञ्जिव साहले जानकारी दिए ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु भएको परिक्रमा आज सातौं दिन कञ्चन वन पुगेको छ । १५ दिवसीय परिक्रममा हजारौं साधु सन्त र सर्वसधारण सहभागी छन् ।

भगवान र जानकीको डोलासँगै यात्रीहरु १३३ किलोमिटरको यात्रा पश्चात जनकपुर पुगेपछि परिक्रममा विधिवत रुपमा समापन हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights