२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा र बन्दीपुरमा छायांकन गरिएको हिन्दी गीत ‘कुछ बातें’ सार्वजनिक

पोखरा र बन्दीपुरमा छायांकन गरिएको हिन्दी गीत ‘कुछ बातें’ सार्वजनिक
Sanchar_np प्रकाशित: २०७८ फागुन २६ गते ७:२४

पोखरा र बन्दीपुरमा छायांकन गरिएको भारतीय अभिनेता गुरमित चौधरी अभिनित म्युजिक भिडिओ ‘कुछ बातें’ सार्वजनिक भएको छ ।

पायल देव र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी सिरिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । पायल देवकै संगीत रहेको गीतको भिडियोलाई आशिष पाण्डाले निर्देशन गरेका हुन् ।

भिडियोमा गुरमितसहित पायल, मुस्कान सेठी र साना खान फिचर्ड छन् । यसैगरी नेपाली अभिनेत्री रश्मी भट्टले पनि यो गीतको भिडियोमा अभिनय गरेकी छन् । कोरोना महामारीको तेसो लहरपछि बन्दीपुर र पोखरा पुगेर भिडियो छायांकन गरिएको थियो ।

यो रोमान्टिक गीतमा नेपालको पर्यटकीय थलो घुम्न आएका दुई युवायुवती प्रेममा परेपछि व्यक्त भावलाई समेटिएको छ । गुरमितले फक्स स्टार स्टुडियोको फिल्म ‘खामोसियाँ’ र ‘वजाह तुम हो’मा अभिनय गरेका छन् । उनी टीभी रियालिटी शो ‘झलक दिखलाजा’का विजेता समेत हुन् ।

सन् २००८ को टीभी सिरिज ‘रामायण’मा पनि उनले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights