२०८१ साउन १२ गते | 27th of July 2024

इन्टरपोलबाट रुसलाई निकाल्ने माग खारेज, तर एजेन्सीले लियो ठूलै निर्णय

इन्टरपोलबाट रुसलाई निकाल्ने माग खारेज, तर एजेन्सीले लियो ठूलै निर्णय
Sanchar_np प्रकाशित: २०७८ फागुन २७ गते ८:१७

विश्वभरीका प्रहरी एजेन्सीहरुको संगठन इन्टरपोलले अन्य देशमा भएका आफ्ना वान्टेड अपराधीलाई हिरासतमा लिने रुसको अनुरोधमा विशेष प्रक्रिया अन्तर्गत कारवाही गरिने बताएको छ ।

बीबीसी रुसी सेवाको रिपोर्ट अनुसार इन्टरपोलका महासचिवको कार्यालयलाई मात्र रुसको आवेदनमा निर्णय गर्ने अधिकार दिइनेछ । त्यहाँबाट स्वीकृति पाएपछि मात्रै रुसको अनुरोध अन्य देशमा पठाइनेछ ।

यो निर्णयको उद्देश्य रुसले इन्टरपोललाई राजनीतिक मुद्दाका लागि नगरोस् भन्ने सुनिश्चित गर्नु रहेको बताइएको छ । इन्टरपोलले एक बयानमा भनेको छ, ‘इन्टरपोलको कामकाज आधारभूत तटस्थतामा आधारित छ ।’

रुसलाई इन्टरपोलबाट बाहिर निकाल्ने थुप्रै देशले अपिल गरेका थिए तर अन्तर्राष्ट्रिय प्रहरी एजेन्सीले त्यो खारेज गरिदिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights