२०८१ साउन १२ गते | 27th of July 2024

युनाईटेडको जितमा रोनाल्डोको ह्याट्रिक

युनाईटेडको जितमा रोनाल्डोको ह्याट्रिक
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ५:५०

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

खेलको ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३–२ गोलको जित दिलाए ।

यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

युनाईटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । उनले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गरे ।

जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेको छ । युनाईटेड चौंथो स्थानमा रहेको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights