२०८१ साउन १२ गते | 27th of July 2024

राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै

राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ६:०९

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ । बैंकले पाँच वर्ष (२०८३ चैत ३० गतेसम्म) का लागि आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो ।

आइतबार एक सूचना जारी गर्दै बैंकले बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ ।

सूचना अनुसार पाँच वर्षे वचत पत्रमा बैंकले वार्षिक अधिकतम १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ब्याज भने छ÷छ महिनामा वितरण हुनेछ ।

इच्छुक खरिदकर्ता (लगानीकर्ता)ले घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यस बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights