२०८१ साउन १२ गते | 27th of July 2024

इंग्लिस प्रिमियर लिग : आर्सनलले लेस्टरलाई हरायो

इंग्लिस प्रिमियर लिग : आर्सनलले लेस्टरलाई हरायो
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ६:०३

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० गोलको जित दिलाए । जितसँगै आर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ ।

आर्सनलले २६ खेलमा ५१ अंक जोडेको छ । लेस्टर ३३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights