२०८१ साउन १२ गते | 27th of July 2024

किभको आवासीय भवनमा हमला हुँदा दुई जनाको मृत्यु

किभको आवासीय भवनमा हमला हुँदा दुई जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ७:५९

एजेन्सी। युक्रेनको राजधानी किभको एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । भने अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको थियो । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ । भवन किभको ओबोलोनमा रहेको जनाइएको छ ।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights