२०८१ साउन १२ गते | 27th of July 2024

देशकाे अर्थतन्त्र जलविद्युतको केन्द्रमा छ : मन्त्री भुसाल

देशकाे अर्थतन्त्र जलविद्युतको केन्द्रमा छ : मन्त्री भुसाल
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ८:४२

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताएकी छिन् । आज सोमवार ललितपुरमा आयोजित जलविद्युत् परियोजनामा बाढी पूर्वसूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री भुसालले देशभित्रका निजी क्षेत्र, सबै वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले त्यो लगानीलाई जोखिममा पर्न दिनु नहुने उनले बताइन्। सरकारले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरूसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री भुसालले उनले बिजुलीको आन्तरिक खपत बढाउन सरकारले आवश्यक काम अगाडि बढाएको बताइन्। नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत् आयोजनाहरूको निर्माणको काम उत्साहित रूपमा अगाडि बढिरहेको बताइन् ।

उनले भनिन् ‘वर्तमान परिस्थितिमा नवीकरणीय ऊर्जा विश्वकै लागि अपरिहार्य आवश्यकता रहेको हामीले देखेका छौँ । छिमेकी देशका साथै समग्र दक्षिण एसियाकै लागि पनि नेपालको नवीकरणीय ऊर्जा केन्द्र बन्ने हामीले देखिराखेका छौँ । त्यसका लागि नेपालले जलविद्युत् आयोजनाहरूको काम उत्साहका साथ काम अगाडि बढाएको छ ।’

सरकारले सन् २०२८ सम्ममा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताइन्। मन्त्री भुसालले जलविद्युत् आयोजनाहरू गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन्। उनले छिमेकी देशहरूलाई बिजुली निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन्।

मन्त्री भुसालले जल तथा मौसम विज्ञान विभागमार्फत देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरू थप गरी अझ वैज्ञानिक र विश्वसनीय रूपमा अगाडि बढ्ने पनि बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights