२०८१ साउन १२ गते | 27th of July 2024

खानेपानी संस्थानमा करारमा ४६ कर्मचारी माग

खानेपानी संस्थानमा करारमा ४६ कर्मचारी माग
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ५:२३

काठमाडौं । नेपाल खानेपानी संस्थानमा करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ । विभिन्न ४६ पदका लागि आवेदन आह्वान गरिएको हो ।

मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई ३० दिनभित्र दरखास्त दिन भनिएको छ । ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको हो ।

जुनियर प्लम्बर सात, लाइट ड्राइभर सात, प्लान्ट एटेन्डेन्ट एक, ल्याब ब्वाई तीन, हेल्पर १४ र कार्यालय सहयोगी १४ का लागि आवेदन माग गरिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights