२०८१ साउन १२ गते | 27th of July 2024

साउदी अरबका विदेशमन्त्री अल साउद र परराष्ट्रमन्त्री खड्काबीच छलफल

साउदी अरबका विदेशमन्त्री अल साउद र परराष्ट्रमन्त्री खड्काबीच छलफल
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ५:३६

काठमाडौं ।  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा। नारायण खड्काबीच भेटवार्ता सुरु भएको छ। सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आएका विदेशमन्त्री अल साउद र परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा छलफल भएको हो।

दुई मन्त्रीबीच नेपाल साउदी अरबिया सम्बन्ध, साउदीमा कार्यरत नेपाली कामदारको समस्या, साउदीले दुई नेपालीलाई सुनाएको मृत्युदण्डको सम्बन्धमा आममाफि दिने विषयमा छलफल भइरहेको छ।

परराष्ट्र मन्त्रालयले विदेशमन्त्रीको भ्रमणमा संलग्न प्रतिनिधिमण्डल तथा उनको भ्रमणमा प्रयोग हुने विशेष विमानका चालक दलका सदस्यलाई ‘ग्राटिस भिसा’ (निशुल्क) उपलब्ध गराएको थियो।

नेपालस्थित साउदी राजदूतावासले परराष्ट्र मन्त्रालयलाई गत मार्च ११ मा कूटनीतिक नोट पठाएर ग्रिटिस भिसा उपलब्ध गराउन आग्रह गरेको थियो। उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights