२०८१ साउन १२ गते | 27th of July 2024

अस्ट्रेलियाद्वारा फेसबुकविरुद्ध मुद्दा दायर, ‘स्क्याम’ विज्ञापन गर्न अनुमति दिएको आरोप

अस्ट्रेलियाद्वारा फेसबुकविरुद्ध मुद्दा दायर, ‘स्क्याम’ विज्ञापन गर्न अनुमति दिएको आरोप
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ८:३८

अस्ट्रेलियाले फेसबुकको ‘प्यारेन्ट कम्पनी’ मेटाविरुद्ध कानुनी कारबाही सुरु गरेको छ। मेटाले सेलिब्रेटीका झूटा भनाइहरु राखेर गरिएका ‘स्क्याम’ विज्ञापनहरूलाई अनुमति दिएको आरोप लगाउँदै अस्ट्रेलियाले मेटाविरुद्ध कानुनी कारबाही अघि बढाएको बीबीसीले उल्लेख गरेको छ।

मेटाले जानीजानी नक्कली क्रिप्टोकरेन्सीका विज्ञापनहरूलाई अनुमति दिएर ‘झूटो, भ्रामक’ कार्यलाई प्रोत्साहन गरेको एक नियामकले भने। अमेरिकी कम्पनी मेटालाई आर्थिक र अन्य जरिबाना हुन सक्ने बताइएको छ।

मेटाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन तर उसले यसअघि नै स्क्यामरहरूलाई आफ्नो प्लेटफर्मबाट टाढा राख्न प्रतिबद्ध रहेको जनाएको थियो।

‘अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन’ (एसीसीसी)ले त्यस्ता विज्ञापनहरू फेसबुकको ‘एल्गोरिदम’लाई प्रयोग गरी संवेदनशील प्रयोगकर्ताहरूमाझ पुर्‍याइएको र अस्ट्रेलियाका सेलिब्रेटीहरूका फर्जी भनाइहरू प्रयोग गरिको बताएको छ।

न्यु साउथ वेल्सका पूर्व प्रिमियर माइक बेयर्ड, प्रख्यात टिभी होस्ट डेभिड कोच र करोडपति उद्यमी डिक स्मिथलगायत व्यक्तित्वहरुको पहिचान अनुमति बिना ति विज्ञापनमा प्रयोग गरिएको बताइएको छ।

‘मेटा उसको प्लेटफर्ममा प्रकाशित यी विज्ञापनहरूको लागि जिम्मेवार छ भन्ने हाम्रो मुद्दाको सार हो,’ एसीसीसीका अध्यक्ष रोड सिम्सले शुक्रवार एक विज्ञप्तिमा भनेका छन्।

अस्ट्रेलियाको संघीय अदालतमा दायर गरिएको मुद्दामा मेटाले जानीजानी यस्तो विज्ञापनलाई स्वीकृति दिएको र सेलिब्रेटीहरूले आपत्ति जनाएपछि पनि ‘स्क्याम’ रोक्न असफल भएको आरोप लगाइएको छ।

‘एउटा चकित पार्ने उदाहरणको रुपमा हामीले एक उपभोक्ताबारे जानकारी पाएका छौँ जसले फेसबुकमा आएको लगानीको विज्ञापनमार्फत ४ लाख ८० हजार डलर गुमाएका छन्। यो निकै लज्जास्पद कुरा हो,’ सिम्सले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights