२०८१ साउन १२ गते | 27th of July 2024

रसियालाई अर्थपूर्ण वार्तामा आउन युक्रेनी राष्‍ट्रपतिको आह्वान

रसियालाई अर्थपूर्ण वार्तामा आउन युक्रेनी राष्‍ट्रपतिको आह्वान
Sanchar_np प्रकाशित: २०७८ चैत ५ गते ६:०६

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई सार्थक वार्ताका लागि आह्वान गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २४ दिन पुग्दा उनले रसियालाई ढिला नगरी ‘अर्थपूर्ण शान्ति र वार्ता’मा आउन आग्रह गरेका हुन्।

दुई देशबिचको युद्धका कारण दुवै तर्फबाट सयौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं युक्रेनबाट पलायन भएका छन्।

जेलेन्सकीले रसियासँग वार्तामा आउनु बाहेक अरु केही उपाय नभएको बताएका छन्। उनले युक्रेनलाई न्याय चाहिएको भन्दै क्षेत्रीय अखण्डता कायम गर्नुपर्ने बेला आइसकेको बताएका छन्। उनले रसिया वार्तामा नआए रसियाले ठूलो मूल्य चुकाउनुपर्ने र कयौं रसियन पुस्ता प्रभावित हुने चेतावनी दिएका छन्।

रसिया र युक्रेनबिच विभिन्न चरणमा वार्ता भइरहेको छ। तर, त्यसबाट प्रतिफल आउन सकेको छैन। रसियाले युक्रेनलाई नेटोको सदस्यता नलिन भन्दै आएको छ। तर, जेलेनस्की भने नेटोले आफूहरुलाई छिटो सदस्यता दिनुपर्ने बताउँदै आइरहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights