२०८१ साउन १२ गते | 27th of July 2024

रेफ्रीलाई बोतल प्रहार, खेल रद्द

रेफ्रीलाई बोतल प्रहार, खेल रद्द
Sanchar_np प्रकाशित: २०७८ चैत ५ गते ६:१०

काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत बोचुम र मोन्चेनग्लाडवाचबीचको खेल रद्द गरिएको छ ।

समर्थकले सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि बियरको बोतल प्रहार गरेपछि बोचुम र  मोन्चेनग्लाडवाचको खेल रद्द गरिएको हो ।

खेलको ७७ औं मिनेटमा रेफ्री क्रिस्टियनलाई दर्शकदीर्घाबाट बोतल प्रहार भएको थियो। बोलतले उनको टाउकोमा लागेको थियो ।

जतिबेला मोन्चेनग्लाडवाचले २-० को अग्रता बनाएको थियो । मोन्चेनग्लाडवाचका अलासेन प्लेया र ब्रेल एम्बोलोले एक एक गोल गरेका थिए ।

त्यसपछि सुरक्षाको कारण देखाउदै खेल रद्द गरिएको हो । रद्द भएको खेलबारे बुन्डेसलिगा केहि बताएको छैन ।

यता घटनापछि बोचुमले भने माफी मागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights