२०८१ साउन १२ गते | 27th of July 2024

‘बी’ डिभिजन लिग : सरस्वती शीर्ष स्थानमा

‘बी’ डिभिजन लिग : सरस्वती शीर्ष स्थानमा
Sanchar_np प्रकाशित: २०७८ चैत ५ गते ६:३०

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा सरस्वती युथ क्लब र श्री कुमारी क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा सरस्वती र श्री कुमारीले १-१ गोलको बराबरी खेलेका छन् ।

खेलको ४४ औं मिनेटमा विपिन मगरले गोल गर्दै श्री कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा सनम धिमालले गोल गर्दै सरस्वतीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै सरस्वतीले ६ खेलमा १२ अंक जोडेको छ । सरस्वती शीर्ष स्थानमा उक्लिएको छ । श्री कुमारीले ६ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights