२०८१ साउन १२ गते | 27th of July 2024

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?
Sanchar_np प्रकाशित: २०७८ चैत ६ गते ६:००

साताको पहिलो दिन आज सुन-चाँदीको घटेको छ।

आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

त्यस्तै, आइतबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights