२०८१ साउन १२ गते | 27th of July 2024

बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट, १४ लाख ५१ हजारको हात खाली

बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट, १४ लाख ५१ हजारको हात खाली
Sanchar_np प्रकाशित: २०७९ चैत ३ गते ६:२८

काठमाडौँ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले यहीँ फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको ८० हजार ९५० कित्ता सेयरको शुक्रबार बाँडफाँट भएको हो । गोलाप्रथामार्फत भएको सेयर बाँडफाँटमा ८ हजार ९५ जना आवेदकले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१ हजार ६८९ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।

कम्पनीको सेयरका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको छ । बीपीडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता सेयर बिक्री गरेको थियो ।

जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेर बाँकी रहेको कित्तामध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights