२०८१ वैशाख २३ गते | 6th of May 2024

प्रदेशलाई सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ– मुख्यमन्त्री काकी

प्रदेशलाई सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ– मुख्यमन्त्री काकी
Sanchar_np प्रकाशित: २०८० पुष ९ गते ८:२३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन् ।

मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं छलफलमा उनले प्रदेश सरकारले प्रादेशिक सरकारको दोस्रो कार्यकालमा अहिले आएर प्रदेश सरकारका अधिकारका बारेमा बहस चलेको र यसमा देशका समग्र पत्रकारहरुको भूमिका रहने स्पष्ट गरे ।

मुख्यमन्त्री कार्कीले यस विषयमा बहस चलाउन नेपाल पत्रकार महासङ्घसँग आग्रहसमेत गरे । उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सङ्घीय सांसदमाथि पनि सञ्चारकर्मीले प्रश्न गर्नुपर्ने बताए । सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिने काममा ढिलाइ गरेको पनि बताए ।
उनले भने– “सङ्घले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्नु भनेको प्रदेशका जनतालाई सेवा, सुविधा र उनीहरुले प्राप्त गर्न पाउने लाभबाट बञ्चित गर्न खोज्नु जस्तो हो ।”

प्रदेश सरकार सधैँ प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार महासङ्घको भौतिक संरचना विकासमा लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

नेपाल पत्रकार पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाको नेतृत्वमा पत्रकारहरु मुख्यमन्त्री निवास पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *