२०८१ साउन १२ गते | 27th of July 2024

मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने

मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने
Sanchar_np प्रकाशित: २०८० फागुन ९ गते ११:१२

काठमाडौं। निर्माणका लागि केही घण्टा बन्द हुँदै आएको मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने भएको छ।

पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ–नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएको थियो।

यो वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद छ। सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि वैकल्पिक बाटो नहुँदा सडक बन्द गरेर काम गरिएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत पुस ७ गतेदेखि सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights